धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा इनरूवाकी कोरोना संक्रमितको युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरूवा–४ का २८ वर्षीय युवती रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार असोज ८ गते कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत थिइन् । ती युवतीको शनिबार बिहान ४ः३० बजे मृत्यु भएको हो । मृतक महिलामा कुनैपनि दीर्घरोग नदेखिएको डा. श्रेष्ठले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्ड अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।