धरानः धरानमा सोमबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक वर्षीया शिशु ७८ वर्षीय पुरुषसम्म रहेका छन् ।
धराननस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफै पुगेर कोरोना परीक्षण गराउने ३५ जनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
‘चारजनाचाहिँ हामीले परीक्षण गराएका हौं, ती चारैजना कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गराएका हौं’, उनले भने, ‘अन्य सबै बीपी प्रतिष्ठान पुगेर परीक्षण गराएकाहरू छन् ।’ ज्वरो आउने, रुघाखोकी लाग्ने, सास फेन समस्या हुन थालेपछि उनीहरू बीपी प्रतिष्ठान पुगेर परीक्षण गराएको उनले जानकारी दिए ।
यस्तै, धरान–१८ का १५, धरान–१२ का ६ जना, धरान–९ का २ जना, धरान–२, धरान–८, १०, ११, १३, १४, १५, १९ का महिला, पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
