Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
धरान-१५ का संक्रमितको मृत्यु

धरानः धरानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–१५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा रिफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृगौला र उच्च रक्ताचाप सम्बन्धी समस्या भएका उनमा गत १६ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार बिहान ६ः४५ बजे मृत्यु भएको हो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend