Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-३ का संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असोज २० २०७७, मंगलबार
धरान-३ का संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा फेरि अर्का संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान-३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा रिफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मधुमेहको समस्या भएका उनमा गत १२ गते कोरोना पुष्टि भएको थियो । सोमबार बिहान ४ः२० बजे उनको मृत्यु भएको हो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend