धरानः धरानमा ७९ जनामा कोरोना पुष्टि भएको छ ।
धरानस्थित एन्फा क्वारेन्टाइन र बीपीमा स्वाब दिएका १३७ जनामध्ये ७९ जनामा कोरोना पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले संक्रमितका क्लोज कन्टयाक्टमा रहेका र लक्षण देखिएकासहितको परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा धरानका दुईजना वडाध्यक्ष, कर्मचारी र पत्रकार पनि छन् ।