Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ३९ वर्षीय संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असोज २२ २०७७, बिहिबार
धरानमा ३९ वर्षीय संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा फेरि अर्का संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–१० का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । क्षयरोग, कलेजो र मृगौलाको पनि समस्या भएका उनमा गत १२ गते कोरोना पुष्टि भएको थियो । उनी असोज १३ गते कोभिड अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको हो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend