Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ का संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज २२ २०७७, बिहिबार
धरान-८ का संक्रमितको मृत्यु

धरानः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–९ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचापको पनि समस्या भएका उनमा गत मंगलबार कोरोना पुष्टि भएको थियो । उनी असोज १३ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत २० गते कोरोना पुष्टि भएको थियो । उनको मंगलबार दिउँसो २ः४५ बजे मृत्यु भएको हो ।
यस्तै, दमकका पुरुषको पनि मृत्यु भएको छ । ५२ वर्षीय उनको बिहीबार बिहान ३ः२० बजे मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतक असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा गत १८ गते नै कोरोना पुष्टि भएको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend