Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एकैदिन तीन संक्रमितको मृत्यु, धरान-१९ र ८ की महिला र पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २ २०७७, आइतबार
धरानमा एकैदिन तीन संक्रमितको मृत्यु, धरान-१९ र ८ की महिला र पुरुषको मृत्यु

धरानः धरानमा आज एकैदिन तीनजनाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएका तीनजनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
धरान–१९ की एक ७३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार साँझ उनको मृत्यु भएको हो । १० दिनअघि कोरोना पोजेटिभ रिपोर्ट आएकी उनको मृत्यु भएको हो । उनमा दीर्घरोग थियो ।
यस्तै, आइतबार दिउँसो धरान–८ की ८३ वर्षीय महिला र धरान–८ कै ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । ती महिलामा दीर्घरोगसम्बन्धी समस्या थियो । धरान–८ सहिदरत्न मार्गका ६८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । ती वृद्ध आफैले ‘होम आइसोलेसन’ मा बस्ने जिद्दी गरेपछि घर ल्याइएको थियो । मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

प्रकाशित मिति: कार्तिक २ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend