Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अर्का इटहरीका वृद्ध संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ३ २०७७, सोमबार
धरानमा अर्का इटहरीका वृद्ध संक्रमितको मृत्यु

धरानः धरानमा इटहरीका एक वृद्ध संक्रमितका मृत्यु् भएको छ ।
इटहरी–२० का ७८ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
गत १८ र १ गते उनमा कोरोना पुष्टि भएको थियो । गत १९ गते अस्पताल भर्ना भएका उनको आज (सोमबार) ३ः५ बजे मृत्यु भएको हो । उनमा विभिन्न दीर्घरोगसम्बन्धी समस्या पनि रहेको थियो । उनमा ग्याष्ट्रिक र एनिमिया रोग थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend