धरानः धरानका दुईजना संक्रमितको मृत्यु भएको छ ।
धरान-३ का ७२ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
गत २९ गते उनमा कोरोना पुष्टि भएको थियो । सोमबार अस्पताल भर्ना भएका उनको आजै १ः४५ बजे मृत्यु भएको हो । उनमा दीर्घरोगसम्बन्धी समस्या नरहेको उनले जानकारी दिए ।
यस्तै, धरान–१७ का ६८ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानमै उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो । सोमबार अस्पताल भर्ना भएका उनको आजै ३ः३० बजे मृत्यु भएको हो । उनमा दीर्घरोगसम्बन्धी समस्या रहेको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको चिकित्सकको भनाइ छ । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।