धरानः धरानमा थप २०६ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा ९ वर्षीया बालिकादेखि ७२ वर्षीय वृद्धसम्म छन् । अधिकांश युवापुस्तामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संक्रमित हुनेमा धरान–२० बाहेकका सबै वडाका छन् ।
उनकाअनुसार नुसार आइतबार एन्फा क्वारेन्टीनमा र बीपी प्रतिष्ठानमा स्वाब संकलन भएकाहरुको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २ हजार २ सय १३ पुगेको छ ।