धरानः धरानमा इटहरीका एक ५६ वर्षीय संक्रमितका मृत्यु् भएको छ ।
इटहरीका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
गत १ गते उनमा कोरोना पुष्टि भएको थियो । तीन गते अस्पताल भर्ना भएका उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो । उनमा दीर्घरोगसम्बन्धी समस्या नरहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।