Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका यस्ता जनप्रतिनिधि !

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
धरानका यस्ता जनप्रतिनिधि !

धरानः धरानका जनप्रतिनिधि मिलेर विपन्न परिवारलाई दशैंका लागि भन्दै चामल बाँडेका छन् ।
धरान–९ का जनप्रतिनिधिले आफ्नो वडामा रहेका विपन्न तथा गरिब परिवारको नाम लिष्ट तयार गरी घरघरमै पुगेर चामल बाँडेका हुन् । ‘एक विपन्न परिवार, १० केजी चामल’ दिने भन्दै शुरुमा लागिपरेका जनप्रतिनिधि सफल भएपछि मङ्गलबार घरघरमै पुगेर चामल बाँडिएको वडाध्यक्ष रत्न कटुवालले जानकारी दिए । १० केजी चामलसँगै एक केजी दाल, एक पोका तेल, एक पोका नुन र सब्जी समेत दिइएको उनले जानकारी दिए ।
‘१०० जनालाई वितरण गर्ने लक्ष्य हो, मङ्गलबार ६५ जनालाई वितरण गरयौं’, उनले भने, ‘भोलि बाँकीलाई वितरण गर्छौं ।’ दशैं नजिक आइसकेको र कोरोना कहरका कारण विपन्न परिवारले काम नपाएर हैरान दशैं मनाउन नपाउने छाँटकाँट देखेपछि आफूहरू जुर्मुराएको उनले बताए । ‘यसपालिकाको कोरोना कहरका कारणकै कारण खल्लो हुने निश्चित छ तर पनि जनताले दशैं मनाउँछन्, विपन्नलाई कोरोनाले काम गर्न असहज भएन, कमाइ भएन, दशैंमा सबै रमाएको बेला भोकै बस्नुपर्ने अवस्था आउँछ कि भनेर आफ्नो वडामा रहेका विपन्न परिवारलाई सम्झेका हौं ।’ उनले भने । वडाबाट नभई आफ्नो गच्छेअनुसार सक्नेले सक्दो सहयोग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend