धरानः धरानमा एक ९० वर्षीय संक्रमित वृद्धको मृत्यु् भएको छ ।
धरान–१६ का वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
गत ३० गते उनमा कोरोना पुष्टि भएको थियो । गत १ गते अस्पताल भर्ना भएका उनको मंगलबार ४ः०० बजे मृत्यु भएको हो । उनमा दीर्घरोगसम्बन्धी समस्या रहेको उनले जानकारी दिए । उनमा उच्च रक्तचाप र चिनी रोगको समस्या थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।