Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरीको गढीका संक्रमितको उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७७, बुधबार
धरानमा सुनसरीको गढीका संक्रमितको उपचारका क्रममा मृत्यु

धरानः धरानमा सुनसरीको गढी गाउँपालिका–४ का एक संक्रमितका मृत्यु् भएको छ ।
पहिलादेखि नै उच्च रक्तचापसम्बन्धी समस्या भएका उनको ४ गते ९ः०० बजे नै मृत्यु भएको हो । ती महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
गत ४ गते नै उनमा कोरोना पुष्टि भएको थियो । उनी ४ गते अस्पताल भर्ना भएका थिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend