Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा संकलित ३९६ स्वाब पुरानो हस्पिटलको कोल्ड सेन्टरमा थन्कियो

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
धरानमा संकलित ३९६ स्वाब पुरानो हस्पिटलको कोल्ड सेन्टरमा थन्कियो

धरानः धरानमा तीब्ररुपमा कोरोना फैलिइरहेका छ । दिनहुँ जनता आफैं स्वाब दिन पनि पुग्न थालेका छन् । तर धरानमा संकलित स्वाब त्यतिकै थन्किन थालेको छ । धरान उपमहानगरपालिकाले संकलन गरेको स्वाब धरानको पुरानो हस्पिटलको कोल्ड सेन्टरमा थन्किएको छ ।
स्वाब संकलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान लैजाने गरेको थियो । त्यहाँ लगेपछि प्रतिष्ठानले परीक्षण गरेर पोजेटिभ वा नेगेटिभको रिपोर्ट पठाउने गर्दछ । तर बुधबार संकलन गरिएको स्वाब कोल्ड सेन्टरमा त्यतिकै थन्किएको हो ।
नेकपाका इन्चार्ज चोत्लुङले स्वाब फिर्ता गरिनु गैरजिम्मेवारीपन हर्कत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा पोष्टयाउँदै उनले संकलित स्वाब फिर्ता गर्नु प्रतिष्ठानको गैरजिम्मेवारीपन देखिएको बताएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले स्वाब ढिलो लगिएको कारण अफिस नै बन्द गरिएको बताए । ‘खासमा बेलुकाको ५ बजेतिर लगिएछ, त्यतिबेला प्रतिष्ठानको ढोका बन्द गरिँदै गरेको अवस्था रहेछ, उहाँहरूले लिनु भएनछ ।’ उनले भने, ‘पुरानो हस्पिटलको कोल्ड सेन्टरमा थन्क्याएका छौं, आज समन्वय गरेर लाने तयारी भइरहेको छ ।’
यसअघि बीपीले धरान उपमहानगरपालिकाले एन्फामा संकलन गरेको स्वाब निःशुल्क परीक्षण गरेर पठाउने गरेको उनले बताए । प्रतिष्ठानले स्वास्थ्य सामग्री सहयोग गर्नुपर्ने भनेको र आफूहरूले पनि पिसिआरको लागि ३ लाख ४७ हजार रूपैयाँ बराबरको सामग्री दिएको उनले बताए ।
‘धराने जनताको लागि सहज होस् भनेर हामीले पनि प्रतिष्ठानलाई विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंबाट माग गरेर दिएका थियौं, अझै दिँदैछौं । त्यही भएर पनि उनीहरूले धराने जनताप्रतिको दायित्व देखाउनुपर्छ ।’ उनले सुरक्षात्मक सामग्री पिपिइ, सेनिटाइजरलगायत पनि उपमहानगरपालिकाले दिने तयारी थालेको बताए ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले प्रतिष्ठानले सरकारी नियम पालना गरिरहेको बताए । ‘यतिका दिन हामीले धरानको हकमा निःशुल्क गरिदियौं तर सूचना नै दिएर अबदेखि निःशुल्क हुँदैन भनिसकेका छौं ।’ उनले भने, ‘त्यही भएर हिजो स्वाब फिर्ता पठाइएको पाइयो ।’ प्रतिष्ठानले सरकारले केहीदिनअघि ल्याएको नयाँ नियम विपन्नलगायतलाई बाहेक अन्यलाई दुई हजार शुल्क लिने गरेको उनले जानकारी दिए । उनले फिर्ता गरिएको स्वाबबारे परीक्षण हुने नहुनेबारे थप छलफल गरेर निर्णय गरिने जानकारी दिए । ‘धरानबासीले यसबारेमा प्रश्न उठाइसकेका छन्, यसबारेमा थप छलफल गरेर प्रतिष्ठान अघि बढ्छ ।’ उनले भने ।

प्रतिष्ठानले हिजोको मिति राखेर आज ल्यायो यस्तो सूचना

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend