Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा इनरुवाका संक्रमितको उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
धरानमा इनरुवाका संक्रमितको उपचारका क्रममा मृत्यु

धरानः धरानमा सुनसरीको इनरुवा–१ का एक संक्रमितका मृत्यु् भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
पहिलादेखि नै उच्च रक्तचाप, मधुमेहलगायतका समस्या भएका उनको बिहीबार २ः१० बजे मृत्यु भएको हो । ८२ वर्षीय ती पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । गत ३ गते नै उनमा कोरोना पुष्टि भएको थियो । उनी ३ गते अस्पताल भर्ना भएका थिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend