धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–११ घर भएकी कोरोना संक्रमित ५२ वर्षीया महिलाको मृत्यु भएको हो । शुक्रबार साँझ ५ः५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको गत ३ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी कात्तिक ५ गते अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
उनलाई उच्च रक्तचाप र डाइबेटिजकोको समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।