धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाकी ती पाँच महिनाकी शिशुको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । शनिबार शुक्रबार ७ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको असोज ७ गते नै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कात्तिक ७ गते उनी अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
उनमा बे्रनसम्बन्धी समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।