Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ की संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७७, शनिबार
धरान-१७ की संक्रमित महिलाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु भएको हो । शनिबार ३ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा असोज २९ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी कात्तिक ७ गते अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
उनमा मृगौलासम्बन्धी समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend