Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका बेघादम्पत्ति कोरोनामुक्त

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७७, शुक्रबार
धरानका बेघादम्पत्ति कोरोनामुक्त

धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्रविक्रम बेघा र उनकी श्रीमती सविना खनाल बेघा कोरोना मुक्त भएका छन् । उनीहरू असोज २७ गते देखि होम आईसोलेसनमा रहेका थिए ।
बिहीबारबाट बेघा दम्पत्ति कोरोना १९ बाट मुक्त भएको उनले जानकारी दिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको दोस्रोपटकको पिसिआर परीक्षण दुवैजनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएका छन् ।
सबैलाई धन्यवाद दिंदै उनले खानपिनको सही व्यवस्थापन, साथीभाइको हौसला, चिकित्सकहरुको निर्देशनअनुसारको स्वास्थ्य सम्बन्धी सुझाव, सल्लाह साथै आफ्नो आत्मबलका कारण कोभिड–१९ परास्त गर्न सफल भएको बताए । ‘कोभिड–१९ लाई हेलचेक्रयाइँ नगरौं र आतंकित नबनौं, उच्च मनोबलका साथ लडेर परास्त गरौं ।’ उनले सुझाए । उनले सदाझै समाजसेवा र राजनीतिक गतिविधिमा निरन्तर रहने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति: कार्तिक १४ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend