धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ९९ संक्रमित भर्ना भएका छन् । ८ सय ४३ संक्रमणबाट मुक्त भई घर गइसकेका छन् । ७८ संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा ८ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । हाल अस्पतालको आइसोलेसनमा २३ र २५ जना संक्रमितले अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ । प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर छुट्टै आइसोलेसन कोठा बनाइ संक्रमितको डायलासिस गर्ने व्यवस्था मिलाइ सेवा उपलब्ध गराएको हो ।
कोभिड अस्पतालमा ठाउँको अभाव र प्राविधिक सामग्रीको व्यवस्थापनमा कठिनाइ हुने भएकोले पुरानो ठाउँमा लगि डायलासिस गर्ने गर्ने गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा बसेका, विभिन्न आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितलाई डायलासिस गरिएको छ ।