धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
झापा गौरीगन्जका कोरोना संक्रमित ७३ वर्षीया पुरुषको मृत्यु भएको हो । शनिबार ६ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा कार्तिक ६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी कात्तिक ७ गते अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
उनमा मुटेरोगसम्बन्धी समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।