धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–९ का कोरोना संक्रमित ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार ३ः७ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा कार्तिक १५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी कात्तिक १५ गते अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।
उनमा उच्च रक्तचापसम्बन्धी समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।