Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमणले बीपी प्रतिष्ठानमा स्वास्स्थ्यकर्मीको गयो ज्यान

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
कोरोना संक्रमणले बीपी प्रतिष्ठानमा स्वास्स्थ्यकर्मीको गयो ज्यान

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको हो । सप्तरीको महादेवा–६ घर भएका उनको दिशा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएपछि सोमबार दिउँसो अस्पतामा भर्ना गरिएको थियो ।
दिउँसो एक्कासी स्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । कुनै रोग नभएका उनलाई मृत्यु पश्चात पिसिआर परीक्षण गर्दा कोरोनाको रिटोर्ट पोजेटिभ आएको थियो । यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend