धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ ।
केराबारी–८ मोरङका ५७ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको मंगलबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए । उनी गत ११ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत ५ गते कोरोना पुष्टि भएको थियो । उनमा कुनै दीर्घरोगसम्बन्धी समस्या नरहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।