Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१ की ६१ वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक १९ २०७७, बुधबार
धरान-१ की ६१ वर्षीया महिलाको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ ।
धरान–१ की ६१ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको बुधबार बिहान ३ः१५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनी गत असोज ३० गते कोभिड अस्पताल भर्ना भएका थिइन् । उनमा गत कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो । उनमा उच्चरक्तचापलगायत अन्य दीर्घरोगको समस्या समेत रहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १९ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend