Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहार नजिकिँदै गर्दा पटकाको ओसारपसार, इटहरीमा किराना पसलका तीन संचालक पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक १९ २०७७, बुधबार
तिहार नजिकिँदै गर्दा पटकाको ओसारपसार, इटहरीमा किराना पसलका तीन संचालक पक्राउ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटकासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मियाँ रहेका छन् ।
मियाँको किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसारपसार तथा बिक्रीवितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा दिउँसो इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटका बरामद गरेको हो ।
पटका सहित पक्राउ परेका मानिसहरुलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारवाही अगाडि बढाइएको सो कार्यालयले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा र नकलबन्दो एरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १९ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend