विराटनगरः प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो ।
कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका र सामान्य अवस्था भएका संक्रमितलाई पुनः पिसिआर परीक्षण नगरी डिस्चार्ज गर्नेगरि मन्त्रालयले छलफल अघि बढाएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिनपछि स्वतः डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताए ।
स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुनः परीक्षण नगरि स्वतः डिस्चार्ज गर्नेबारे छलफल भइरहेको मेहताले बताए । यसअघि संक्रमितको पिसिआर नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड रहेको थियो ।
सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पूरा गरेका र सामान्य अवस्थाकाहरूको स्वतः डिस्चार्ज गर्नेगरी छलफल अघि बढाएको छ । उनले भने, ‘स्वास्थ्य उपचारमा रहेकाहरू, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरूको पुनः परीक्षण नगरी स्वतः डिस्चार्ज गर्नेबारे छलफल भइरहेको छ ।’