धरानः धरानमा बुधबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमितको कुल संख्या २९८३ पुगेको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले थप ५२ जनाको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । धरानमा हालसम्म १७७१ जना संक्रमित डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।
‘६ जनाको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको रहेछ, थप ५२ जना नयाँ संक्रमित थपिएका हुन्,’ उनले भने, ‘३५ जनाको स्वाब र प्रतिष्ठानको हेल्प डेस्कमा लिएको स्वाबको नमूनामध्येबाट ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
धरानमा हालसम्म १६२१ पुरुष र १२४० महिलामा संक्रमण देखिएको छ । त्यसमध्ये एक हजार ३१ जना होम आइसोलेसनमा रहेका छन् । धरानमा ५९ जनाको मृत्यु भइसकेको छ । धरानमा २० वर्ष उमेर समूहअन्तर्गत २४३ जना, २१ देखि ४० वर्ष उमेर समूहका १५०६, ४० देखि ६० वर्ष उमेर समूहका ८५३ जना र ६० वर्ष उमेर समूहमाथिका २५७ जना कोरोना संक्रमित रहेका छन् ।