धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा संक्रमित धरान–१२ की महिला र बालकको मृत्यु भएको छ ।
उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । वृद्धा धरान र बालक उदयपुरका हुन् । उदयपुरको कटारीका १४ वर्षीय बालकको शुक्रबार बिहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विराटनगरको नोवेल शिक्षण अस्पतालले थप उपचारका लागि रेफर गरेपछि बालकलाई कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा कात्तिक १२ गते बालकको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै, धरान–१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको उनले जानकारी दिए । वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो । महिलामा मानसिक समस्या समेत रहेको थियो भने बालकमा छातीको निमोनिया र श्वासप्रश्वासमा समेत समस्या थियो ।