धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा संक्रमित धरान–१६ की वृद्धा महिलाको मृत्यु भएको छ ।
उपचारको क्रममा ८१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उच्च रक्तचापसम्बन्धी समस्या रहेकी उनको आज (शुक्रबार) २ः०० बजे मृत्यु भएको हो । उनी हिजो प्रतिष्ठान भर्ना भएकी थिइन् । उनमा गत १९ गते कोरोना पुष्टि भएको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।