Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-९ की संक्रमित वृद्धाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७७, शुक्रबार
धरान-९ की संक्रमित वृद्धाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा संक्रमित धरान–९ की वृद्धा महिलाको मृत्यु भएको छ ।
उपचारको क्रममा ६७ वर्षीया वृद्धा महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मधुमेहलगायत अन्य दीर्घरोगसम्बन्धी समस्या रहेकी उनको आज (शुक्रबार) ६ः०० बजे मृत्यु भएको हो । उनी गत कार्तिक १८ गते प्रतिष्ठान भर्ना भएकी थिइन् । उनमा गत १९ गते कोरोना पुष्टि भएको थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २१ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend