Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा स्टाफ नर्सका लागि ७५ जना छानिए (नामावलीसहित)

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७७, आइतबार
धरानको बीपीमा स्टाफ नर्सका लागि ७५ जना छानिए (नामावलीसहित)

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पताललगायत सबै विभागका लागि आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि लिएको अन्तर्वार्ताबाट ७५ जनालाई छनौट गरिएको छ ।
छनौटका लागि अन्तिम प्रक्रिया अन्तर्वार्ता बिहीबारबाट शुरू भई शनिबार सम्पन्न भएको थियो । अन्तवार्ता सकिएलगत्तै शनिबार अबेर राति छनौट भएकाहरूको नतिजा प्रकाशित गरिएको छ । यसअघि कार्तिक १८ गते भएको लिखित परीक्षामा २ सय १८ जनाले नाम निकालेका थिए । अन्तर्वार्तामा भने ५ जना अनुपस्थित रहेको र जम्मा २ सय १३ जनाबाट ७५ जना छनौट भएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी गराए ।
छनौट भएकाबाहेक अन्य सबैलाई प्रतीक्षा सूचीमा राखिएको छ । रजिष्ट्रारसहित अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह, नर्सिङ चिफ तारा साह र मेट्रोन गायत्री राईले अन्तर्वार्ता लिएका थिए । यसअघि छनौटको पहिलो प्रक्रिया लिखित परीक्षामा ४ सय ८९ जना सहभागी भएका थिए ।

प्रकाशित मिति: कार्तिक २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend