Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इनरुवा-काकडभिट्टा रेलको ठेक्का पुनः

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७७, आइतबार
इनरुवा-काकडभिट्टा रेलको ठेक्का पुनः

धरानः इनरुवा-काकडभिट्टा रेलमार्गको ठेक्का पुनः निकाल्ने तयारीमा रेल विभागको टोली जुटेको छ ।
चौतर्फी आलोचना र दबाबपछि रद्द भएको ठेक्का पुनः निकाल्ने तयारी भएको हो । सार्वजनिक खरिद नियमावली मिच्दै निश्चित कम्पनीले मात्रै पाउनेगरी फिक्सिङ गरेर ठेक्का निकालेपछि सरकारको चौतर्फी आलोचना भएको थियो । त्यसपछि विभागले बाध्य भएर ठेक्का रद्द गरेको थियो । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्गको ट्रयाकबेड निर्माणको यो ठेक्का असार १४ र १७ मा आवश्यक पूर्व तयारी नै नगरी निकालिएको थियो ।
अब भने आयोजनाको तयारी गरेर मात्रै ठेक्का निकाल्न लागिएको जनाएको छ । रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले यही वर्षभित्रै ठेक्का निकाल्ने तयारीका साथ काम भइरहेको बताइन। उगका अनुसार विभागको टोली फिल्डमा जग्गाको दररेट तयार पार्नका लागि पुगेको छ । ‘पूर्वपश्चिम रेलमार्गको काम जारी छ, हाम्रो टोली फिल्डमा छ । जिल्ला प्रशासन कार्यालय, मालपोत लगायतले सहजीकरण गरिदिएका छन् । दररेट निर्धारण भएपछि मुआब्जा वितरण हुन्छ,’ उनले भनिन्, ‘८० प्रतिशत साइट क्लियर भएपछि मात्रै ठेक्का निकाल्छौं ।’
विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्रप्रसाद साहसहितको टोली फिल्डमा छ । दररेट सिफारिस गरेर उनीहरु काठमाडौं फर्कने छन् । करिब १०६ किलोमिटर लम्बाइको यो रेलमार्ग झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ । तीनवटै जिल्लामा गरि करिब ६२६ हेक्टर जग्गा र २ किलोमिटरमा पर्ने रुख कटान गर्नुपर्नेछ । सेन्ट्रलबाट दुवैतिर २५र२५ गरि ५० मिटर चौडाइ सिमांकन तोकिएको छ । मंसिर १५ सम्ममा दररेट तोक्ने काम पूरा गर्ने लक्ष्य छ । दुई साताअघि गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सक्दो सहजीकरण गरिदिन पत्राचार गरेको थियो । त्यसयता काम गर्न थप सहज भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend