Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सयपत्री र मखमली भनेजस्तो रोपिएन

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७७, सोमबार
धरानमा सयपत्री र मखमली भनेजस्तो रोपिएन

धरानः धरानमा दशैं विनाउत्साह सकिएको छ । नेपालीहरुको दोस्रो चाड तिहार पनि नजिक आइसकेको छ ।
फूल उत्पादन गर्ने किसानहरु यसपटक अन्यौलमा नै छन् । अन्यौलता छाएकै कारणले धरानका कृषक यसपटक उत्पादन गरेको फूल बिक्री हुने हो वा नहुने हो भन्ने चिन्तामा छन् । धरान–५ आँपटारका कृषकहरु वर्षेनी तिहारमा समयमा फूल उत्पादन गरेर बिक्री गर्ने गर्दथे । तर यसपटक भने कोरोना भाइरस संक्रमण र तिहार ढिलो भएकै कारण कतिपय कृषकहरु आफूले उत्पादन गरेको फूल बिक्री हुने हो कि भन्ने चिन्तामा छन् कतिपयले यी आशंकाकै कारण प्रशस्त फूल नै नरोपेको बताएका छन् ।
आँपटारका फूल कृषक जसकुमार राईले अघिल्ला वर्षहरुका तिहारर्मा १० देखि १२ हजारसम्म फूल बिक्री गर्ने गरेको बताउँदै भने, ‘फूल बिक्री गरेर आएको पैसाले घरको केही गर्जो टथ्र्यो । तर यसपटक कोरोना भाइरसक कारण सर्वसाधारणमा चाडवाडको रौनकता नभएको र तिहार समेत पछाडि परेका कारण तिहारसम्म फूल नरहने हो कि भन्ने चिन्ताले सताएको साथै फूल रहेपनि बिक्री हुने हो कि नहुने हो भनेर चिन्ता थपिँदै गएको छ ।’

सोही स्थानकी सरिता राईले विगतका वर्षमा ६ देखि ८ हजार स्म्मको सयपत्री र मखमली फूल बिक्री गर्ने गरेको बताइन् । ‘यसपटक भने कोराना संक्रमणका कारण फूल बिक्री हुने वा नहुने हो यही दोधारकै कारण प्रशस्त फूल रोपिएन ।’
जसकुमार र सरिताकै जस्तो भनाई स्थानीय कृषक मञ्जु खड्काको पनि छ । विश्वमै आतंकित बनाएको कोरोना भाइरसका कारण नेपालमा समेत आतंकित बनाउँदा दशैंमा सर्वसाधारणमा उमङ्ग नदेखिएको बताउने खड्काले आशंकै आशंकाबीचमा आफूले प्रशस्त फूल नरोपेको बताइन् । उनले रोपिएका फूल पनि बिक्री होला कि नहोला भन्ने चिन्ता थपिएको बताइन् ।
आँपटारमा करिब ५० घर परिवार कृषि पेशामै आश्रित छन् । अन्यबालीसँंगै तिहारलाई लक्षित गरी फूल खेती गर्ने गर्दछन् । तर यसटक भने फूल खेतीबाट खासै कमाइ नहुने देखेर सोचेजस्तो फूल उत्पादन नगरेका हुन् ।
तर धरानस्थित कृषि बजार व्यवस्थापन समितिले भने विगतको वर्षभन्दा बढी फूलको कारोबार हुने अनुमान गरेको छ । गत वर्ष तिहारमा ५ करोड बराबरको ३ सय मेट्रिक ट्रन फूलको कारोबार भएको कृषि व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । यस वर्ष भने गत वर्षको भन्दा बढी ७ सय मेट्रिक टन फूलको कारोबार हुने अनुमान बजारले गरेको छ । फूल प्रशस्त फुलेका कारण भारतीय फूलको निर्भर रहनुनपर्ने व्यवस्थापक भट्टराई बताउँछन् ।
कोरोनाकै त्रासमा मनाउनुपर्ने तिहारका समयमा उत्साह खासै नदेखिएकैले धरानक कृषकहरुले फूल प्रशस्त उत्पादन नगरे पनि पहाडी क्षेत्रबाट भने फूल प्रशस्त आउने अनुमान कृषि बजारले गरेको छ । यो बजारमा पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, भोजपुर, सखुवासभाका साथै मोरङका उत्तरी क्षेत्र र सुनसरीमा उत्पादन भएका फूलहरु आउने गरेको भट्टराई बताउँछन् ।
तस्वीरः लक्ष्मण थापा
यसवर्ष आँपटारमा रोपिएका फूल र अघिल्लो वर्ष तिहारमा फूल बिक्री गरिँदै ।

 

प्रकाशित मिति: कार्तिक २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend