धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धको मृत्यु भएको छ ।
पथरी-१ मोरङका ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको सोमबार ९ः५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनी कार्तिक २३ गते गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत १३ गते कोरोना पुष्टि भएको थियो । उनमा रक्तचाप, डाइबेटिजलगायत दीर्घरोगसम्बन्धी समस्या रहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।