धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
चौदण्डी–२, उदयपुरका ४२ वर्षीय पुरुषको उपचारको क्रममा धरानमा मृत्यु भएको हो । मंगलबार १२ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनमा कार्तिक १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी कात्तिक १४ गते अस्पताल भर्ती भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । उनमा दीर्घरोगसम्बन्धी समस्या नरहेको उनले जानकारी दिए । मृतकको शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको सहप्रवक्तचा डा. श्रेष्ठले जानकारी दिए ।