Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ की २९ वर्षीया संक्रमित युवतीको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ३ २०७७, बुधबार
धरान-११ की २९ वर्षीया संक्रमित युवतीको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवतीाको मृत्यु भएको छ ।
धरान–११ की २९ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको बुधबार १ः०० बजे मृत्यु भएको उनले जानकारी दिए । उनी कार्तिक ३० गते गते अस्पताल भर्ना भएका थिइन् । उनमा गत २६ गते कोरोना पुष्टि भएको थियो । मृतक युवतीमा मृगौलासम्बन्धी समस्या पनि रहेको उनले जानकारी दिए । उनको स्थायी ठेगाना भने ताप्लेजुङ रहेको छ ।
योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ । हाल प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३० जना पीसीआर पोजिटिभका बिरामी रहेका छन् भने एकजना कोरोनाका शंकास्पद बिरामी अस्पतालमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंसिर ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend