धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलााको मृत्यु भएको छ ।
बोडे बर्साइन–३ सप्तरीकी ७१ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको बिहीबार ८ः३० बजे मृत्यु भएको हो । उनी कार्तिक ४ गते गते अस्पताल भर्ना भएका थिइन् । उनमा गत ४ गते नै कोरोना पुष्टि भएको थियो । मृतक महिलामा पेनोमोनियासम्बन्धी समस्या रहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
