Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि पार्क निर्माणको तयारी

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
धरानमा फेरि पार्क निर्माणको तयारी

धरानः धरानमा भव्य पार्क बनाउने तयारी थालिएको छ ।
धरान–६ स्थित पाँचकन्यामा पार्क बनाउने तयारी थालिएको हो । पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहले यसको डिपिआर समेत तयार गरिसकेको जनाएको छ ।
करिब ५ बिगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनी चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्वीमिङ पुल, सेमिनार हल, मनोरञ्जनस्थललगायतको निर्माण गरिने वन समूहका अध्यक्ष रमेश पौडेलले बताउँछन् ।
पार्कको डिपिआर निर्माण भइसकेको समूहका उपाध्यक्ष मेघराज खत्रीले जानकारी दिए । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले पानबारीको मात्र नभई धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने उनले जानकारी दिए । पार्क निर्माण भएपछि धरानकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने आशा लिइएको छ । धरानमा रहेका अन्य केही पार्क भने पर्यटक तान्ने किसिमका छन् भने केही सही सदुपयोग हुन नसक्दा लथालिङ्ग अवस्थामा समेत छन् । त्यहाँ लगाइएको बजेट वालुवामा पानी सो सरह पनि बनेको छ ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend