धरानः सरकारको एक निकायले ३२ वटा भैंसी खरिद गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रमका लागि भैंसी खरिद गरिएको हो । यसको कार्यालय सुनसरीको तरहरामा छ ।
सरकारले खरिदका लागि गत असोज १ गते बोलपत्र आह्वान गरेको थियो । सिरहाको सुखीपुर–१ स्थित हेमशंकर घरपालुवा पशु चौपाया खरिद बिक्री केन्द्रबाट सरकारले भैंसी किन्नेछ । दर्जनौं प्रतिस्पर्धीलाई उछिन्दै केन्द्रले सबैभन्दा सस्तोमा भैंसी उपलब्ध गराउने भएको हो ।
केन्द्रले ३२ वटा भैंसीको ६० लाख ९९ हजार रुपैयाँ कबुल गरेको छ । सरकारले अनुसन्धानका लागि भैंसी खरिद गरेको हो ।