धरानः धरानमा सोमबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको संख्या ३ हजार ३ सय ३० जना पुगेको छ ।
धरान–१७ स्थित एक्फा एकेडेमी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा थप २९ जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संक्रमण पुष्टि भएका अर्थात् थपिएका संक्रमित कन्टयाक्ट ट्रेसिङ र आफैं परीक्षणका लागि पुग्ने हुन् ।