धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
राजविराज–४ सप्तरी घर भएका ५० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनको मङ्गलबार १२ः१५ बजे मृत्यु भएको हो । उनी कार्तिक १ गते गते अस्पताल भर्ना भएका थिए । उनमा गत १ गते नै कोरोना पुष्टि भएको थियो । मृतकमा लिभर, उच्च रक्तचापलगायत दीर्घगसम्बन्धी समस्या रहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको जनाइएको छ ।