Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाले दियो कपडा धुने मेसिन

हाम्रो कोशी आवाज
मंसिर ११ २०७७, बिहिबार
धरान उपमहानगरपालिकाले दियो कपडा धुने मेसिन

धरानः धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागलाई वासिङ मेशिन सहयोग गरेको छ । यस्तै, रोटरी क्लबले एकैपटकमा ९६ वटा स्वाब नमूना परीक्षण गर्ने पिसिआर मेसिन प्रतिष्ठानलाई प्रदान गरेको छ ।
धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानका माईक्रोलोजी विभागलाई वासिङ मेशिन हस्तान्तरण गरेका हुन् । एकपटकमा ८० केजीसम्म कपडा धुन सक्ने यस वासिङ मेशिन प्रतिष्ठानलाई सहयोग गरेको भन्दै धरान उपमहानगरलाई उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले धन्यवाद दिएका थिए ।
उता रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा पिसिआर मेसिन हिजो एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो ।
इन्टरन्यासनल रोटरी इ क्लब अफ टेक्सस, युएसए को सहकार्यमा रोटरी ग्लोबल ग्रान्ट प्रोजेक्टको आर्थिक सहयोगमा सो मेसिन प्राप्त भएको थियो । मेसिनसँगै रोटरी क्लबलाई आएको आरएनए एक्सट्रयाक्टर मेसिन १ थान, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने इन्सिनरेटर २५ सेट, बेड, म्याट्रेस, दराज र भेन्टिलेटर १ थान सामग्री भने व्यवस्थापन तथा सञ्चालनका लागी प्रदेश १ को सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकालाई रोटरी क्लबले प्रदान गरेको थियो ।
रोटरीले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेसिन प्रतिष्ठानमा ल्याएर जडान गरिसकेको माइक्रोबोयोलोजी विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले जानकारी दिए । उनका अनुसार यस पिसिआर मेसिनसहित प्रतिष्ठानको ल्याबमा पिसिआर मेसिनको संख्या ३ वटा पुगेको बताए । अब भने दैनिक १५ सय वटा नमूना परीक्षण गर्ने क्षमता पुगेको समेत उनले जनाए । धरान उपमहानगरले उपलब्ध गरएको वासिङ मेसिनले पिसिआर परीक्षण गर्दा प्रयोग गरिएको कपडालाई पुनः धोएर लगाउन ठूलो राहत मिल्ने डा. भट्टराईले बताए ।

प्रकाशित मिति: मंसिर ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend