Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ७६ वर्षीय दीर्घरोगी पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
धरानमा ७६ वर्षीय दीर्घरोगी पुरुषको मृत्यु

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ ।
बेलबारी, मोरङका ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको बिहीबार नै ९ः३० बजे मृत्यु भएको हो । उनी कार्तिक २ गते गते अस्पताल भर्ना भएका थिए । उनमा गत २ गते नै कोरोना पुष्टि भएको थियो । मृतक पुरुषमा डाइबेटिज, उच्चरक्तचापसम्बन्धी दीर्घरोग पनि थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend