धरानः पहिलोपटक आयोजना भएको पटनाली च्यालेञ्ज कपको उपाधि बराहक्षेत्र फुटबल क्लबले जितेको छ ।
तोकिएको समयभित्र २–२ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा गोधुली क्लबका खेलाडी मिलन राईले गोल गर्न नसकेपछि ५–४ मा खेल सकिएको थियो ।
पहिलो हाफमै २–० ले अघि बढेको गोधुली दोस्रो हाफमा चुक्यो । गोधुलीका मिलन राईले पहिलो गोल गरेका थिए भने रोमन लिम्बुले दोस्रो गोल गरेका थिए । उसले दोस्रो हाफमा कुनै गोल गर्न सकेन । दोस्रो हाफको ११ मिनेट बाँकी रहँदा बराहक्षेत्रका मौसम सुब्बा र महेन्द्र कार्कीले गोल गर्न सफल बनेका थिए ।
बराहक्षेत्रले उपाधि र ट्रफीसँगै नगद ५० हजार रुपैयाँ पाएको छ भने उपविजेता बनेको धरानको गोधुलीले २५ हजार रुपैयाँ पायो ।
तस्वीरः हाम्रो कोशी आवाज





