धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलााको मृत्यु भएको छ ।
बिर्तामोड–८, झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेले जानकारी दिए ।
उनको आइतबार १२ः२५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनी मङ्सिर १९ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा गत १९ गते नै कोरोना पुष्टि भएको थियो । मृतक महिलामा मुटुसम्बन्धी दीर्घरोगको समस्या पनि थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।