Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा १ सय ४९ वटा रिसर्च प्रस्तुत हुने

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
धरानको बीपी प्रतिष्ठानमा १ सय ४९ वटा रिसर्च प्रस्तुत हुने

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारबाट २७ औं वार्षिक साइन्टिफिक कार्यक्रमको सुरूवात भएको छ । पाँचदिनसम्म चल्ने कार्यक्रममा १ सय ४९ वटा एबस्ट्राक (अनुसन्धानका सांराश) प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कोभिडको कारण यसवर्ष पहिलोपटक डिजिटल प्लाटफर्ममा कार्यक्रम हुने कार्यक्रमका कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा.डा. परिचा उपाध्यायले जानकारी गराइन् । कार्यक्रमको तयारीका लागि सबै पदाधिकारीहरूबाट पूर्ण सहयोग मिलेको बताउँदै अघिल्ला वर्षहरूमा जस्तै कार्यक्रमको सफलताको लागिपरेको बताइन् । विशेष कामको कारण कार्यक्रमको उद्घाटनमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी अनुपस्थित रहेपनि भर्चुअल माध्यमबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रा. समि लामाले साइन्टिफिक पेपरका विषयमा जानकारी दिएकी थिइन् । उनका अनुसार यसवर्ष १ सय ४९ वटा एबस्ट्राक प्राप्त भएको बताइन् । कुल एबस्ट्राकमा पोखरा गण्डकी मेडिकल कलेजबाट एउटा र त्रिवि महाराजगञ्ज नर्सिङ क्याम्पसबाट दुईवटा गरी ३ वटा प्रतिष्ठान बाहिरबाट प्राप्त भएको उनले जनाइन् । यसमध्ये २९ वटा थिममा १ सय ३ वटा ओरिजिनल तथा ४६ वटा केस रिपोर्ट रहेको तिमध्ये १ सय ४ वटा ओरल र ४५ वटा पोस्टर प्रस्तुति रहने बताइन् । कुल प्राप्त एबस्ट्राक मध्ये १ सय १० पुरस्कारको विधामा रहेको उनले जनाइन् ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यवाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. गुरूप्रसाद खनालले यसवर्ष कार्यक्रम गर्न असम्भव जस्तै देखिएकोमा समेत कार्यक्रम गर्ने आँट गरेकोमा कन्भेनर उपाध्यायसँगै सबै टिमलाई धन्यवाद दिएका थिए ।
कोभिड महामारीका कारण अन्य वर्षहरू भन्दा यसवर्षको कार्यक्रम भिन्न र ऐतिहासिक हुने उनले बताए । ‘प्रतिष्ठान सामाजिक उत्तरदायी स्वास्थकर्मी उत्पादन, नयाँ अनुसन्धान तथा उचित स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापित गरिएको संस्था हो,’ उनले भने, ‘कोभिडका बीच समेत यति धेरै एब्यास्ट्रयाक पाएकोले प्रतिष्ठान स्वास्थ सेवाको अनुसन्धान तथा उपचारमा उत्कृष्टता हासिल गर्नेतर्फ अगाडि बढेको बुझ्न सकिन्छ ।’ यस कार्यक्रमले प्रतिष्ठानमा सिकाइ कुनै पनि अवस्थामा नरोकिएको सन्देश दिएको शिक्षाध्यक्ष खनालले बताए ।
कोभिड महामारीका कारण अन्य वर्ष भन्दा केही ढिला आयोजना गर्न सफल भएपनि पनि २०२० मा नै कार्यक्रम सम्पन्न हुने भएकाले यो एउटा महत्वपूर्ण उपलब्धि रहेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी गराए । निरन्तर रूपमा कार्यक्रम आयोजना गरीएकोमा शैक्षिक विभागलाई धन्यवाद दिँदै कार्यक्रमले प्रतिष्ठानको पुरानो गरीमा तर्फ अगाडी बढाउने विश्वास लिएको बताए । अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले समेत कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नै प्रतिष्ठानका पदाधिकारीहरूले एबस्ट्राक पुस्तक सार्वजनिक समेत गरेका थिए ।
उद्घाटनका बेला प्रतिष्ठानका पलमनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख ओरेटर प्रा. डा. नरेन्द्र भट्ट ओरेटर रहेका थिए । भट्टले ब्रेथ, ब्रथलेसनेसः एन एक्सपोलरेटिभ जर्नी थ्रु साइन्स, साइलेन्स एण्ड सफरीङ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा आज दिउँसोबाट जुमबाट पेपर प्रस्तुति हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend