धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ ।
लक्ष्मीपुर–२, सप्तरका ४२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेले जानकारी दिए । उनको सोमबार १०ः५० बजे मृत्यु भएको उनले जानकारी दिए । उनी मङ्सिर २० गते अस्पताल भर्ना भएका थिए । उनमा गत १९ गते नै कोरोना पुष्टि भएको थियो । मृतक पुरुषमा उच्चरक्तचापसम्बन्धी दीर्घरोगको समस्या पनि थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।